जनता टाइम्स

११ माघ २०७९, बुधबार ०९:१३

संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसाद आचार्यको निधन


काठमाडौं, माघ ११ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार अस्पतालमा ल्याइपुर्याउँदा प्रेमको अवस्था क्रिटिकल थियो । शरीर ८० प्रतिशत जलेको थियो । चिकित्सकका अनुसार ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो ।

इलाम घर भएका आचार्यले हिजो मंगलवार शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्याए पनि बचाउन सकेन । आचार्यको अवस्था बुझ्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुग्नुभएको थियो ।