जनता टाइम्स

११ माघ २०७९, बुधबार १३:४३

बागमतिमा टुंगियो मन्त्रीको भागवण्डा, आजै शपथ गराइने


काठमाडौं, ११ माघ। बागमति प्रदेश सरकारका लागि सत्तारुढ गठबन्धनमा भागवण्डा सकिएको छ । भागवण्डाअनुसार बागमतिमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ४/४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ मन्त्रालय पाउने भएको छ ।

मालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्नु हुने भएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसक्नुभएको छ ।

यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्नु हुने भएको छ । माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री हुनुहुन्छ ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्नु हुने भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्नु हुने भएको छ । उहाँले यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको थियो । नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।