काठमाडौं, माघ १३ । नेकाप एमाले नेतृत्वको गठबन्धन बनाएर सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड सरकारबिरुद्ध पूर्वराजा ज्ञानेन्द्र शाह खुलेर लागेको तथ्य बाहिर आएको छ ।
सत्तारुढ दल रापप्रालाई सरकार छाड्न चर्काे दवाव दिँदै शाह बर्तमान गठबन्धनबिरुद्ध खुलेर लाग्नुभएको पाइएको हो । राप्रपा कार्यसम्पादन समिति सदस्य ऋषिबाबु परियारले यस्तो खुलासा गर्नुभएको हो । उहाँले अघिल्लो साता पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापाको दमकमा भेटनुभएको थियो ।
’द न्यूज मेकर’मा पत्रकार भूपाल लुइटेलसँग कुरा गर्दै परियारले पूर्वराजाले राप्रपालाई सरकारबाट हटन दवाव दिएको बताउनु भएको हो । ’राप्रपालाई सरकारमा जाने म्यान्डेट थियो र ? भनेर मौसुफले सोधिबक्सियो । हिजो आज प्रधानमन्त्री प्रचण्डको व्यवहार पनि फेरिएको छ । हाम्रा मन्त्रीले हिन्दु राज्य र राजाको विषय बोले स्पष्टीकरण सोध्ने रे । यो अपमान सहेर सरकारमा बसिरहन सकिन्छ र !’ परियारले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्