जनता टाइम्स

१३ माघ २०७९, शुक्रबार १२:३८

एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य


काठमाडौँ, १३ माघ । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन ११ सय रुपैयाँले घटेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । हिजो ७०० रुपैयाँले बढेको सुनको मूल्य आज ह्वात्तै घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य १ लाख ६ हजार ४०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । बिहीबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।