काठमाडौं, माघ १३ । राष्ट्रियसभाले एक वर्षपछि उपाध्यक्ष पाउने भएको छ। राष्ट्रियसभाले उपाध्यक्षको निर्वाचन यही माघ २३ गते तोकेको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयका महासचिव डा।भरतराज गौतमलाई निर्वाचन कार्यतालिका प्रकाशित गर्न निर्देशन दिनुभएको छ ।
यसअघि २०७८ फागुन २० गते उपाध्यक्ष शशिकला दाहालको पदावधि सकिएको थियो। त्यसयता सो पद रिक्त रहेको छ ।













प्रतिक्रिया दिनुहोस्