जनता टाइम्स

१३ माघ २०७९, शुक्रबार १८:५७

सर्वाेच्चको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टी रहने, रवि लामिछानेको पद भने नरहने


काठमाडौं, माघ १३ । नागरिकता बिवादमा सर्वाेच्चले बिपक्षमा फैसला सुनाएसँगै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत नरहने भएको छ ।

लामिछानेले पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता नपाएपछि उहाँको पार्टी सभापति र सदस्यता समेत नरहने भएको हो । लामिछाने सभापति नरहे पनि संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने यथावत रहने छ ।

नेपालको संविधानले नै नेपाली नागरिकले राजनीतिक दल खोल्ने र राजनीतिमा क्रियाशील हुने परिकल्पना गरेको छ । मुद्दामा निर्वाचन आयोग समेत विपक्षी भएकाले सर्वोच्च अदालतको संक्षिप्त आदेश निर्वाचन आयोगमा गएलगत्तै सभापति पद खारेज हुनेछ ।