जनता टाइम्स

१५ माघ २०७९, आईतवार ०८:१३

धनकुटा महोत्सवमा भागदौड हुँदा च्यापिएर ३२ जना घाइते


धनकुटा, माघ १५ । धनकुटा महोत्सवमा सांगितिक कार्यक्रम भइरहँदा थेगिनसक्नुको भीडमा च्यापिएर ३२ जना दर्शक घाइते भएका छन् ।

आयोजकले बिनाटिकट कार्यक्रमस्थल छिर्न नदिँदा दर्शकको भागदौड मच्चिएको थियो । गायक प्रमोद खरेलले गीत गाइरहँदा गेटमा ठेलमठेल भीडमा च्यापिएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

घाइतेमध्ये १७ जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको १५ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सांगितिक कार्यक्रमम सकिएपछि बिङ्गो खेलमा भने निःशुल्क रूपमा प्रवेश पाउने आशामा महोत्सवस्थलको गेटमा सर्वसाधारणको भीड बढेको थियो । तर, आयोजकले गेट नखोलेपछि गेटमै झडप भएर भागदौड मच्चिएको थियो ।