जनता टाइम्स

१५ माघ २०७९, आईतवार १३:४७

पोखरामा एक युवकले गरे आत्मदाह प्रयास, बचाउने क्रममा अर्का ब्यक्ति पनि घाइते


पोखरा, माघ १५ । पोखरामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरा महानगरपालिका १३ काहुँखोला बस्दै आएका एकजनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।

कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएका छन ।

घाइते दुवैजनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको छ ।