जनता टाइम्स

१५ माघ २०७९, आईतवार १५:०३

काठमाडौंका मेयर बालेनबिरुद्ध सडकमा उत्रिए महानगरवासी


काठमाडौं, माघ १५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबिरुद्ध महानगरवासी नै सडक आन्दोलनमा उत्रिएका छन । मेयर बालेनले डोजर आतंक चलाएको भन्दै आज काठमाडौंमा विरोध प्रदर्शन भएको हो ।

काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी हुनुभएको छ ।