जनता टाइम्स

१५ माघ २०७९, आईतवार १७:०६

पद गुमेको ४८ घण्टा नपुग्दै रास्वपा सभापतिमा रवि लामिछानेको कमब्याक


काठमाडौं, माघ १५। निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनःस्थापित हुनुभएको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनः चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो ।

आज बिहान काठमाडौं प्रशासन पुगेर पुनः नेपाली नागरिकता कायम गरेसँगै लामिछाने धुम्बाराहीस्थित पार्टी मुख्यालय पुग्नुभएको थियो ।