जनता टाइम्स

१५ माघ २०७९, आईतवार १८:०१

अखिललाई अध्यक्ष ओलीको निर्देशन : एमालेमा गुटबन्दी छैन, नेतृत्वमा स्वस्थ प्रतिस्पर्धा गर्नाेस


काठमाडौं, माघ १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनसंगठनहरूमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएका छन । पार्टीमा अहिले कुनै गुटको अस्तित्व नरहेको भन्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

स्ववियू चुनावका सन्दर्भमा एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी अनेरास्ववियूका पदाधिकारीहरुलाई अध्यक्ष ओलीले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिनुभयो ।

ओलीले एमालेमा कुटै गुट नरहेको र गुटबन्दीलाई स्थानसमेत नरहेको भन्दै अनेरास्ववियुको महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न विद्यार्थी नेताहरूलाई आग्रह गर्नुभयो ।

‘पार्टीमा गुट छैनन । एउटै नीति र नेतृत्वमा एउटै लयमा पार्टी चलेको छ । अखिलमा पनि गुटबन्दी नगर्नुस । स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने हो । एकताबद्ध अखिलले स्ववियु चुनाव जित्नुपर्छ,’ अध्यक्ष ओलीको भनाइ थियो । अनेरास्ववियुको महाधिवेशन फागुन २ र ३ गते काठमाडौंमा हुँदैछ ।