जनता टाइम्स

१५ माघ २०७९, आईतवार १८:४९

डिसहोमको अध्यक्षमा एमाले सांसद देवी भट्टचन चयन


काठमाडौं, माघ १५ । डिस मिडिया प्रालि (डिसहोम) को अध्यक्षमा नेकपा एमालेका सांसद तथा ब्यवसायी देवीप्रसाद भट्टचन चयन हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य रहनुभएका प्रभु ग्रुपका प्रमुख भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो । यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल हुनुहुन्थ्यो ।

व्यवसायी भट्टचन हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।