जनता टाइम्स

१६ माघ २०७९, सोमबार ०८:५४

आफूबिरुद्ध सडकमै प्रदर्शन भएपछि प्रधानमन्त्री भेटन पुगे मेयर बालेन


काठमाडौं, माघ १६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन बालुवाटार पुग्नुभएको छ ।

काठमाडौं महानगरपालिकामा मेयर बालेनको डोजर आतंक बढेको भन्दै महानगरवासीले सडकमै प्रदर्शन गरेको भोलिपल्ट मेयर साह प्रधानमन्त्री भेटन बालुवाटार पुग्नुभएको हो ।

केही समययता काठमाडौं महानगरले आतंक मच्चाएको भन्दै बिरोध भइरहेको छ । यसै बिषयमा कुराकानी गर्न मेयर शाहले प्रधानमन्त्री दाहाल भेटनुभएको हो ।