जनता टाइम्स

१६ माघ २०७९, सोमबार ०८:५९

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सके मात्र सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली : सभामुख घिमिरे


काठमाडौं, माघ १६ । सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएको छ ।

सहिद दिवशका अवसरमा आज एक सन्देश दिंदै सभामुख घिमिरेले नेपालको लोकतन्त्र प्राप्तीका लागि प्राणको आहुती दिने चार सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ । ‘नेपाली जनताको अधिकार प्राप्तीको संघर्षमा चार सहिदहरुको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु’ घिमिरेले भन्नुभएको छ ‘उहाँहरुकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौं । ’

घिमिरेले नेपालमा मुलत राजनीतिक संघर्षको समय सकिएर विकास र समृद्धिको समय आएको बताउनुभएको छ । उहाँले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न सके मात्र सहिदहरुप्रति सच्चा श्रद्धान्जली हुने उल्लेख गर्नुभएको छ ।