जनता टाइम्स

१६ माघ २०७९, सोमबार ११:५१

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर


काठमाडौं, १६ माघ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।