जनता टाइम्स

१६ माघ २०७९, सोमबार १२:५०

ओली भेटन सिंहरवारमा अमेरिकी उपमन्त्री भिक्टोरिया, यस्तो छ छलफलको निश्कर्ष


काठमाडौं, माघ १६ । नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भटबार्ता गर्नुभएको छ ।

आइतबार काठमाडौं आइपुग्नु भएकी उपमन्त्री नुल्यानडले आज सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीसँग भेटबार्ता गर्नुभएको हो । भेटको क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धका बिभिन्न आयामबारे छलफल भएको छ ।

भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले अहिलेसम्म नेपाललाई अमेरिकी सरकारको तर्फबाट भइरहेको सहयोगका लागि धन्यवाद दिँदै नेपालको प्राथमिकताको क्षेत्रमा थप सहयोग गर्न आग्रह गर्नुभएको छ ।