जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १०:३९

प्रधानमन्त्रीसँग निर्णायक बार्ता गर्न बालुवाटार पुगे रवि


काठमडौं, माघ १७ । राष्ट्रिय स्व्तन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक छलफलका लागि बालुवाटार पुग्नुभएको छ ।

नागरिकता लिने प्रक्रिया पूरा नगरी चुनावमा गएको ठहरसहित सर्वाेच्च अदालतले सांसद पद खारेज गरेपछि उपप्रधान तथा गृहमन्त्री पद गुमाउनु भएका लामिछानेले आफ्नो पार्टीको भागमा रहेको गृह मन्त्रालय नदिने अडान प्रधानमन्त्रीले राखेपछि निर्णायक छलफल गर्ने भन्दै बालुवाटार पुग्नुभएको हो ।

उहाँले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उहाँ प्रधानमन्त्रीई भेट्न पुग्नुभएको हो ।

सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी देखाएपछि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गएको थियो । साथै उहाँको सांसद पद र पार्टी सभापति पदपनि गएको थियो ।

गृहमन्त्रीबाट रवि हटेपछि प्रधानमन्त्री दाहाल आफैंले सो मन्त्रालय सम्हालिरहनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मागमा परेको मन्त्रालय आफूले नै पाउनुपर्ने माग गर्दै आएको छ । उस्ले गृह नपाए सरकार छाडने चेतावनीसमेत दिएको छ ।