जनता टाइम्स

१७ माघ २०७९, मंगलवार ११:५६

प्रि–ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो


काठमाडौं, १७ माघ । प्रि-ओपन सेसनमा आज सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक २.९१ अंकले उकालो लागेर २१३०.२९ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनीको घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।