जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १३:१२

राष्ट्रिय बाणिज्य बैंकको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न


धूलिखेल । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक बर्ष २०७९–८० को अर्ध वार्षिक प्रगति बिवरणको दूई दिवसीय समिक्षा गोष्ठी हालै सम्पन्न भएको छ ।

धूलिखेल स्थित हिमालय दृश्य रिसोर्टमा सम्पन्न भएको उक्त गोष्ठीको उदघाटन समारोहमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उद्येश्य एवम् स्वागत मन्तव्य राख्नूभएको थियो भने बैंकका प्रमूख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्ठीको उदघाटन गर्नुभयो । यस्तै ब्रान्च अपरेशन बिभागका बिभागीय प्रमूख आनन्द सूवेदीले उक्त गोष्ठी कार्यक्रमको सञ्चालन गर्नूभएको थियो ।

बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रमूखहरु, २३ वटा बिभागका बिभागीय प्रमूखहरु, बैंकका उप कार्यकारी अधिकृतहरु एवम नायब प्रमूख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको उक्त गोष्ठीमा आफ्नो मन्तब्य राख्दै बैंकका प्रमूख कार्यकारी अधिकृत श्रेष्ठले गत साउनमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनितिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको बताउनु भयो ।

उहाँले बैंकको मूख्य जिम्मेवारीमा रहेका बिभागीय प्रमूख तथा प्रादेशिक प्रमूखहरुले बजारमा कर्जा लगानि र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रनको लागि बिशेष निर्देशन पनि दिनूभयो ।

सहभागी प्रादेशिक प्रमूखहरु र बिभागिय प्रमूखहरुले आ–आफ्नो कार्यालयको प्रस्तूतिकरण गर्नूभएको थियो । उक्त प्रस्तूतिकरणमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतहरुले जिज्ञासा एवम् सूझावहरु राख्नू भएको थियो ।

गोष्ठीको अन्तमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतज्युहरुले अव हामीहरुले खेल्नू पर्ने भूमिकाको बारेमा मन्तव्य राख्नू भएको थियो भने सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरुलाई समयमै पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नूभएको थियो ।