जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १६:५३

लुम्बिनीका मुख्यमन्त्रीको प्रेस संयोजकमा प्रेस चौतारीका नेता बस्नेत र स्वकीय सचिवमा गिरी नियुक्त


दाङ, माघ १७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रेस संयोजकमा प्रेस चौतारी नेपालका नेता टिका बस्नेत नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री गिरीको प्रेस संयोजकमा बस्नेतलाई नियुक्त गरेको हो ।

बस्नेत प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेशका सहइञ्चार्ज हुनुहुन्छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बस्नेत दाङका स्थायी बासिन्दा हुनुहुन्छ । मुख्यमन्त्री गिरीले प्रेस चौतारीकै सिफारिशमा बस्नेतलाई प्रेस संयोजक नियुक्त गर्नुभएको हो ।

यसैगरी स्वकीय सचिवमा प्रेस चौतारीकै केन्द्रीय सदस्य अमृत गिरी र एमाले नेता पुष्पराज अधिकारी नियुक्त हुनुभएको छ । गिरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज हुनुहुन्छ ।