जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १९:२६

कांग्रेसको मुख्य ध्यान राष्ट्रपति प्राप्ति र सरकार परिवर्तन : रामचन्द्र पौडेल


तनहुँ, माघ १७ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरु सरकार परिवर्तनको खेलमा निरन्तर लागिरहेको घोषणा गर्नुभएको छ ।

नेकपा एमाले नेतृत्वको गठबन्धनबाट टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसतिर ल्याउने कोसिस भइरहेको भन्दै पौडेलले आफूहरु सत्ताकै खेलमा लागिरहेको बताउनु भएको हो ।

’प्रचण्डलाई एमालेसँगको गठबन्धन टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको छ,’ शहीद सप्ताहको अवसरमा कांग्रेस तनहुँले मंगलबार दमौलीमा गरेको वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा नेता पौडेलले भन्नुभयो । उहाँले अहिले कांग्रेसको मुख्य ध्यान राष्ट्रपति प्राप्ति र सरकार परिवर्तन भएको बताउनु भयो ।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तय गरेको छ । राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति खोजिने माओवादी केन्द्रको निर्णय छ । तर, एमालेले सत्ता गठबन्धनभित्रको सहमतिअनुसार आफ्नो दलले राष्ट्रपतिको उम्मेदवार बनाउनुपाउनु पर्ने बताइरहेको छ । यही मतभेदमा खेलेर सरकार परिवर्तनदेखि राष्ट्रपति प्राप्तीसम्मका लागि कांग्रेस सवै थोक छाडेर लागेको बताउनु भयो ।