जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १३:३५

प्रधानमन्त्री भेटेपछि रवि लामिछानेले गरे कठोर कदम चाल्ने उदघोष


काठमाडौं, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजबाट आफ्नो मौनता तोडने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै लामिछानेले आफूलाई भन्न बाँकी र गर्न बाँकी सवै काम गर्न सार्वजनिक चुनौती दिँदै आज बेलुकाबाट आफ्नो मौनता तोडने बताउनु भएको छ ।

‘अव मलाई भन्न बाँकी, गर्न बाँकी लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यू होइन,’ लामिछानेले लेख्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज भेट गरेपछि रविले यस्तो चेतावनी दिनुभएको हो ।