जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १४:५१

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट, कति आवेदक बने भाग्यमानी ?


काठमाडौं, १९ माघ । कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर आज बाँडफाँट गरेको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्म आवदेन खुलाएको आईपीओ आज बाँडफाँट गरेको हो । यसमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् ।

आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो ।

योमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । जसमध्ये सामुहिक लगानी कोष ५४ हजार कित्ता र कर्मचारीहरुका लागि २१ हजार ६०० कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।