जनता टाइम्स

२० माघ २०७९, शुक्रबार १४:२०

डिभाइडरमा ठोक्कियो घनश्याम भुसालले चलाएको गाडी


काठमाडौं, २० माघ । पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा पर्नुभएको छ । भुसाल आफैले चलाएको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनालगत्तै केहीबेर बेहोस हुनुभएका भुसालको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको हो ।

उहाँको अवस्था सामान्य रहेको छ । नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।