जनता टाइम्स

२० माघ २०७९, शुक्रबार १८:०८

आफ्नो बदमासी ढाक्न प्रधानमन्त्री प्रचण्डलाई बिवादमा तान्दै रेडक्रसका ‘मुन्सी’


काठमाडौं, माघ २० । सवैभन्दा प्रतिष्ठित र मानवीय काममा अगुवा संस्था नेपाल रेडक्रस सोसाइटीका केही अबैध पदाधिकारीले आफ्नो अपराध ढाकछोप गर्न प्रधानमन्त्रीलाई नै बिवादमा तान्ने दुश्प्रयाश गरेका छन ।

रेडक्रसका अवकाशप्राप्त कार्यकारी निर्देशक उमेश ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई एम्बुलेन्स हस्तान्तरणको नाममा प्रमुख अतिथि बनाएर आफ्नो अपराध ढाकछोपमा लाग्नुभएको हो ।  नेपाल रेडक्रस सोसाइटी संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १ नम्बरमा दर्ता भएको एक गैर सरकारी संस्था नेपाल रेडक्रस सोसाइटी । तर नेपाल रेडक्रस सोसाइटी २०७६ साउन १ गतेदेखि नविकरण नभई गैरकानूनी रुपमा सञ्चालन भइरहेको छ ।

नेपाल रेडक्रस सोसाइटीले कानमपा वडान १३ मा सम्पत्ति, आन्तरिक राजश्व कार्यालय कालिमाटी बचत तथा नाफामा कर समाज कल्याणबाट विगत १६ वर्षदेखि बैदेशिक सहयोगको पूर्वस्वीकृती नलिई गैरकानूनी रुपमा सञ्चालन भएको रेडक्रस भक्तपुरका पूर्वमन्त्री रामेश्वर थापा बताउनु हुन्छ ।

संस्था मात्र होइन, संस्था सञ्चालन कार्यकारी निर्देशक उमेशप्रसाद ढकालसमेत २०७७ पुस ९ गतेदेखि अबकास प्राप्त व्यक्ति हुनुहुन्छ । उहाँले सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश प्राप्त सोसाइटीको अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना नेतृत्वको केन्द्रीय तदर्थ कार्यसमितिलाई कार्यालय प्रबेश गर्न नदिई गैरकानूनी रुपले अबैधानिक रुपले नेपाल रेडक्रस सोसाइटी सञ्चालन गरिरहनु भएको छ ।

बैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमहरुको समाज कल्याण परिषद्बाट पूर्वस्वीकृति नलिएको, २०७२ सालको महाभूकम्पका लागि प्राप्त १६ अर्व रकममा चरम अनिमियतता, भष्टाचार भएको, ४० बर्षसम्म एकै व्यक्ति सभापति, अध्यक्ष, महामन्त्री भएर सिण्डिकेट रहेको, अदालतको अल्पकालिन अन्तरिम आदेश कार्यान्वयन गराउन नदिएको बिवादस्पद अबकास प्राप्त कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले आफुलाई स्थापित गराउन अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीका महासचिव जगन चापागाईलाई प्रयोग गरी प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई एम्बुलेन्स हस्तान्तरण अतिथिको निमन्त्रणा गरी प्रधानमन्त्री पुष्पकमल दाहाललाई विबादमा पार्न खोजेको रेडक्रस सचेतना समूहका संयोजकले बताउनु भयो ।

विश्वभर द्धन्द व्यबस्थापनको अग्रणी भूमि रहेको रेडक्रस अभियानका प्रमुख महासचिव चापागाई नेपाल रेडक्रसको बर्तमान गतिरोध अन्त्य गर्नुको साटो अबकास प्राप्त ढकाललाई बचाउन एम्बुलेन्स हस्तान्तरण जस्तो सामान्य कामको लागि जेनेभाबाट नेपाल आउन लागेको बुझिएको छ ।

एम्बुलेन्स हन्तान्तरण जस्तो सामान्य काममा देशको प्रमुख र जनेभाबाट महासचिव जस्तो उच्च व्यक्तिहरुले नेपाल रेडक्रसको ६८ वर्षे इतिहासमा कहिले आएको र नभएको विगत दुई दशक नेपाल रेडक्रसमा एम्बुलेन्सको व्यबस्थापन गर्दै आउनु भएको निर्देशकले हामीलाई गुनासो गर्नुभयो ।

‘प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर एम्बुलेन्स हस्तान्तरणको नाटक मन्चन गर्न लगाई महासचिव चापागाईले नेपाल रेडक्रसको विबाद्मा आगोमा घिउ थप्ने काम गर्नु हुदैछ, यो तुरुन्त रोकिनुपर्छ,’ नेपाल रेडक्रस सोसाइटी हुम्ला जिल्ला शाखाको मन्त्री छेपाल दोर्जे लामा भन्नुहुन्छ, ‘उहाँको यो खेल नेरेसोको अबकाश प्राप्त कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई बैधता दिलाउन हो ।’

महासचिव चापागाईलाई नेपाल रेडक्रसको बर्तमान गतिरोध अन्त्यमा लागि गोलमेच भेलाको आयोजना गरिदिन नेपाल रेडक्रसका सरोकारवालाहरुले विगत दुईवर्ष अनुुरोध गरिरहदा कुनै पहलकदमी गर्नुभएको छैन ।

हेनुहोस प्रधानमन्त्रीलाई एम्बुलेन्स हस्तान्तरणको लागि अबकाशप्राप्त कार्यकारी निर्देशकले लेखेको पत्र

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०७६ साउन १ गते देखि नबिकरण नभएको रेडक्रस, अबकास प्राप्त कार्यकारी निर्देशकले प्रधानमन्त्रीलाई आमन्त्रण पत्र लेखिसकेपछी आफनो बैधता प्रमाणित गर्ने आर्को नाटक मन्चन गरेको उप कार्यकारी निर्देशन शुर्दशन अधिकारीले बताउनु भयो ।

हेर्नुहोस ढकाललाई नेपाल रेडक्रसबाट दिइएको प्रत्र र काठमाण्डौ सिडियो नेरेसोलाई नविकरणको लागि गरेका ११ बुँदे ताकेता पत्र

यस सम्बन्धमा नेपाल सरकारको मुख्य सचिव मार्फत प्रधानमन्त्रीको कार्यालयसमेत रेडक्रस अभियन्ताहरुले बैधानिक रुपमा नविकरण नभएको, करचुक्ता नभएको सिण्डिकेट, भष्टचार अनिमियतता ग्रस्त नेपाल रेडक्रसको भित्र सँसदीय छानवीन समिति गठन गरेर कारर्वाही गर्न र विबादस्पद सँस्थाको सामान्य एम्बुलेन्स हस्तान्तरणको कार्यक्रम प्रधानमन्त्री जानु हुँदैन भन्ने मागसमेत राखी ज्ञापन पत्र दिएको बुझिएको छ ।