काठमाडौं, २२ माघ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले अध्यारोमा माछा परिहाल्छकि भनेर बेलुका ढोक्सा थाप्छ, बिहान माछा नपरेको रित्तो ढोक्सा बोकेर घर फर्कने गरेको बताउँदै ब्यंग गर्नुभएको छ । प्रतिनिधिसभामा आइतबार विशेष समयमा संवोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीमा प्रचण्डलाई दिएको मतलाई विश्वासको मत मान्न नसकिने बताउनु भएको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिमा आफूबाहेक अरूलाई देख्नै नचाहने काँग्रेस आफू प्रतिपक्षमा रहेको कुरा स्वीकार्नै नसकेकाले सरकारलाई विश्वासको मत दिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यसलाई विश्वासको मत मान्न सकिदैन ।’ आफूले त्यतिबेलै बोलेको कुरा स्मरण गर्दै उहाँले भन्नुभयो ‘भोट मात्रै दिएको भा त ठिकै हो, ढोक्सा थापेको हो भने गल्ती हो ।’
कांग्रेसले सभामुख र राष्ट्रपतिमा बखेडा खडा गर्न ढोक्सा थापेको उही बेला बुझिएको बताउनुहुँदै अध्यक्ष ओलीले विश्वासको मत दिएपछि काँग्रेसले खुलेरै बताउने गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले कांग्रेसले विगतमाजस्तै मुलुकमा अस्थिरता निम्त्याउन खोजेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्