जनता टाइम्स

३२ श्रावण २०७६, शनिबार १२:०५

रहिनन् नेपाली चलचित्रका अभिनेतृ सुभद्रा अधिकारी


काठमाडौं, साउन ३२

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको निधन भएको छ । लामो समयदेखि दमको रोगबाट पीडित ७३ वर्षीया अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो।

अधिकारीको आफ्नै निवास निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिनुभएको छ । २००४ सालमा जन्मनु भएकी अधिकारीका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहनु भएकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित हुनुहुन्छ ।

पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस)मा शास्त्रीय नृत्य गर्नुभएकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो)बाट अभिनय यात्रा थाल्नु भएको थियो । चलचित्र ‘मनको बाँध’बाट ठूलो पर्दामा अभिनय सुरु गर्नुभएकी अधिकारीले ‘चिनो’, ‘कन्यादान’, ‘भाउजु’, ‘अल्लारे’ लगायतका दर्जनौं चलचित्रमा अभिनय गर्नुभएको छ । उहा सफल रंगकर्मी पनि हुनुहुन्थ्यो ।

उहाको आजै आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।