काठमाडौं, माघ २४ । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन कार्यालयको सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।
बैठकले सो मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालय मातहतमा तानेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री रेखा शर्माले सरकारले संघीय मामिला मन्त्रालयको सचिव कृष्णहरि पुष्करलाई सरुवा गरेको जानकारी दिनुभयो ।
त्यस्तै, सचिव धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने कानुन मन्त्रालयका सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री कार्यालय तानिएको छ ।
यस्तै मन्त्रिपरिषद बैठकले न्याय सेवा आयोगको सिफारिसमा सहन्यायधिवक्ता गोपालप्रसाद रिजाललाई नायब महान्यायाधिवक्तामा बढुवा गरेको छ ।













प्रतिक्रिया दिनुहोस्