जनता टाइम्स

२४ माघ २०७९, मंगलवार २०:३८

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित, यस्ता छन पदाधिकारी र सदस्य (मत परिणामसहित)


काठमाडौं, माघ २४ । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा। अनिलविक्रम कार्की विजयी हुनुभएको छ । कार्की ३ हजार ५३७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धीद्वय डा. सन्तोष पौडेलले २ हजार २२३ र डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गर्नुभएको छ । यस्तै, महासचिवमा कार्की समुहकै डा. सञ्जीव तिवारी २९१८ मतका ल्याएर विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत र डा. रक्षा श्रेष्ठले १५०५ मत पाउनु भएको छ ।

यसैगरी मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बन्नुभयो । उहाँका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत र डा. अजयकुमार मिश्रले ११२४ मत पाउनु भएको छ ।

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकी ३५५३ मतका साथ विजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २२१४ मत पाउनु भयो । यस्तै गण्डकी प्रदेश उपाध्यक्षमा डा. राजन शर्मा ३३२२ मतका साथ विजयी बन्नुभयो भने प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत पाउनु भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी बन्दा प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत पाउनु भयो । सदस्यहरुमा डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र डा. स्मृती महत विजयी हुनुभएको छ ।

संघको वरिष्ठ उपाध्यक्ष डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह–कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह–सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ । संघको निर्वाचनमा कुल ६२९२ मत खसेको छ ।