काठमाडौं, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नु भएकोछ ।सत्ता साझेदार दलबीच फाटो ल्याउने प्रयास जारी रहेको बेला प्रधानमन्त्री दाहाल ओली निवास बालकोट पुग्नुभएको हो ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच मंगलवार बालुवाटारमा भेटवार्ता भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाटबाहिरिएपछि प्रधानमन्त्री दाहाल र ओलीबीच आज पुनः गम्भीर छलफल भएको हो ।
भेटमा दुवै नेताले बर्तमान सत्ता गठबन्धन टुटाउननहुने साझा निश्कर्षसहित अन्य दलसँग पनि छलफलसहित सहकार्य गर्दै अघि बढने निचोड निकाल्नुभएको छ । भेटमा सरकारसञ्चालन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते र उपराष्ट्रपति निर्वाचन चैत ५ गते हुँदैछ । सरकार गठनका बेला एमाले र माओवादीकेन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो ।
राष्ट्रपति निवासमा प्रधानमन्त्रीको दावी पेश गर्नुअघिओली निवास बालकोटमा यस्तो सहमति भएको हो । तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणासार्वजनिक गरेपछि एमाले सशंकित छ ।
प्रधानमन्त्री दाहालले आजको छलफलमा राष्ट्रिय सहमतिको अर्थ सत्ता गठबन्धनको सहमतिलाई प्रतिपक्षी दललेपनि सहमति जनाउनसक्ने बिषय रहेको बताउनु भएको छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटमा आज निकै सकारात्मक कुराकानीभएको दुवै नेताको सचिवालयले जनाएको छ ।
आजको छलफलमा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले समेत सत्ता गठबन्धनले अगाडि बढाएको राष्ट्रपतिको उम्मेदवारलाई मतदानगरोस भन्ने पवित्र उदेश्यसहित राष्ट्रिय सहमतिको कुरा गरेको भन्दै कांग्रेसलाई राष्ट्रपति दिन नसकिने बताउनु भएको जनताटाइम्सडटकमलाई बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्