जनता टाइम्स

२५ माघ २०७९, बुधबार १५:२७

डिल्लीराम खनालविरुद्ध करिष्मा मानन्धरले दिइन साइबर ब्युरोमा उजुरी


काठमाडौं, माघ २५ । अभिनेत्री करिष्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको छ ।

नेपाल प्रहरीका साइवर ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार करिष्माले दिएको उजुरी मंगलबार दर्ता भएको छ । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिष्माले उजुरी दिएको प्रवक्ता रायले जानकारी दिनुभयो ।

करिष्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिष्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।

‘प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ?’ करिश्माले फेसबुकमा आक्रोश पोख्दै लेख्नुभएको छ ।