जनता टाइम्स

२५ माघ २०७९, बुधबार १८:१८

छोटी भन्सार सञ्चालनको माग गर्दै बजार बन्द


बारा, २५ माघ । बाराको सिम्रौनगढ नगरपालिकाबाट हटाइएको छोटी भन्सार कार्यालय पुनर्स्थापनको माग गर्दै सिमरौनागढ़का व्यवसायीहरु आन्दोलित बनेका छन । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । सिमरौनगढ़ छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् ।

समरौनगढका व्यवसायीहरुले पटक-पटक जिल्ला प्रशासन कार्यालय बारा र नेपालको सबै भन्दा ठूलो भन्सार कार्यालय बिरगंजमा ज्ञापन पत्र बुझाए पनि अहिले सम्म छोटी भन्सार कार्यालय संचालनमा आउन नसकेको उधोग वाणिज्य संघ शाखा कार्यालय सिमरौनगढको सिम्रौनगढ उद्योग बाणिज्य संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले जानकारी दिनुभयो ।

उनीहरुले यसै नगरपालिकाबाट मुख्य मन्त्री सरोज यादव समेत पाएको र यसै मौकामा यस भन्सार कार्यलय छिटै मुल भन्सार कार्यको रुपमा स्थापित होस् भन्ने चाहन्छन, यदि सो नभएमा पुनः बजार समेत बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल–भारत देशका उच्च अधिकारीहरु बिच सल्लाह र निर्णय अनुसार यदि करको बिलिङ भारत तिरबाट सुचारु भयो भने नेपालमा सामानहरु आयात हुँदा नेपाललाई पनि कर बापत करोडौँ रकम दाकिला हुने बताउँनुहुन्छ छोटी भन्सारका कर्मचारी नविन कुमार जयसवाल ।

जिल्लाका २ वटा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदासमेत सरोकारवाला निकाय मौन छ । भारतसँग खुला सिमाना जोडिएका सिमरौनागढ़ र मटिअर्वाका छोटी भन्सार कार्यालय अहिले बन्द छ, जसमा म‌ंगलबारदेखि मात्रै सिमौनगढमा रहेको छोटी भन्सारमा दुई जना कर्मचारी पठाएको र कार्यालयको सरसफाई समेत भइरहेको छ । आगामी दिनमा यस भन्सार कार्यलय पुनः रुपमा सन्चालन आए दुवै देशका नागरिकलाई फाइदा हुने देखिन्छ ।