काठमाडौं, माघ २६ । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । सापकोटासँगै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर माओवादीले उपाध्यक्ष बनाएको छ ।
माओवादी केन्द्रीय कार्यालयले बुधबार जारी गरेको सर्कुलरमा सापकोटा र भुसाललाई पार्टी उपाध्यक्ष बनाइएको उल्लेख छ । माओवादीमा यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष हुनुहुन्थ्यो । अव तीन उपाध्यक्ष बनाइएको छ ।
सभामुख सापकोटा यसअघि पार्टीको जिम्मेवारीमा हुनुहुन्थेन भने भुसाल उपमहासचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । यो निर्णयसँगै माओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्