काठमाडौं, माघ २७ । आजदेखि सुरु हुने बिबेकशिल साझा पार्टीका प्रथम महाधिवेसनबाट नेतृत्वका लागि तीन जनाले आकांक्षा राखेका छन ।
सो पार्टीका नेताहरु समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकाक्षा ब्यक्त गर्नुभएको हो । तीनै जनाले भावी अध्यक्षका लागि महाधिवेसन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसक्नु भएको छ । “अध्यक्षका लागि अहिलेसम्म तीनजनाको नाम आएको छ, महाधिवेसनवाट नयाँ नेतृत्व चयन गर्नेछ,’ परियारले भन्नुभयो ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज सुरु हुने महाधिवेशनको तयारी सम्पन्न भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।
महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेसन पछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ ।
महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन । शनिवारसम्म चल्ने महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
सो पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले ‘बिचार भन्दा माथी देश’ भन्ने फरक प्रतिवेदन पेश गरे पछि बिबेकशिल पार्टी छिन्न भिन्नको अवस्थामा पुगेको थियो । मिश्रका कारण राजनीतिक गतिबिधि लगभग शुन्यमा पुगेको सो पार्टीले महाधिवेसन गरेर नयाँ रुप लिन लागेको हो ।













प्रतिक्रिया दिनुहोस्