जनता टाइम्स

२९ माघ २०७९, आईतवार ११:४९

६ घण्टासम्म बन्धक बनाएर बालकमाथि निर्घात कुटपिट


महोत्तरी, २९ माघ, । महोत्तरीको बर्दिबासमा एक बलकलाइ ६ घण्टासम्म बन्धक वनाएर निर्घात कुटपिट गरिएको छ । बर्दिबास–१२ बस्ने १४ बर्षिय इन्द्रजित कुमार महतोलाइ माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले निर्ममतापुर्वक कुटपिट गरेका हुन ।

पीडित परिवारकाअनुसार स्थानीय युवाहरु रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक वनाएर कुटपिट गरेका कारण बालकको शरिरभरी चोटपटक लागेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार पीडक युवाहरुले बलकलाइ मोटरसाइकलको पछाडि राखेर घिसार्दै आरोपित मध्यका सन्जित महतोको घरमा पुर्‍याएर ६ घण्टासम्म यातना दिएको पीडित परिवारले बताए ।

गत २३ माघमा भएको सो घटनाको अहिले खुलास भएको हो । सो दिन १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजेमात्र छाडेको पीडित वालक इन्द्रजित महतोले वताए । ‘मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्‍याए अनि डोरीले दुवै हात बाधेर झुण्ड्याएर कुटपिट गरे, पिडित इन्द्रजितले रूदैँ भने, खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुवाए अनि पैतालामा पनि असहय हुनेगरी पिटे, टाउकोमा पनि औँठी लगाएको हातले जोडले जिट ।’

पिडित बालकको पैतालामा सिर्कनाले हानेको अझै निलडाम देख्न सकिन्छ । हिडडुल गर्न समेत समस्या वनिरहेको अवस्थामा उनी विद्यालय समेत जान सकेका छैनन । महतोको ढाडमा लठ्ठीले हानेजस्तो सुम्ला देखिन्छन भने खुट्टामा समेत गहिरो निलडाम छ । निर्घात कुटपिट गरेर बेलुका छाडेपछि पिडित परिवारजनले गाउँमा नै रहेको सुरज वस्नेतको क्लिनिकमा पुर्‍याएर उपचार गरेका थिए । ‘उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन,’ पीडित बालकका आमा कोशिला देविले भनिन । सो घटनापछि कोशिला देविलार्इ समेत घरमा आएर ती युवाहरुले अभद्र व्यवहार गरेका थिए ।

पीडित वालकका वुवा भोला महतो बर्दिबासस्थित एक वेकरीमा काम गर्छन् । आफ्नो छोरालाइ निर्घात कुटपिट गर्ने युवाहरुलाइ कडा कारवाही गर्न पीडित परिवारले माग गरेको छ । यता घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हाथ्लिेटमा निवेदन दिए पनि प्रहरीले त्यस्को खासै वास्ता गरेको छैन । हाथिलेटस्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको बिषयमा जानकारी भए पनि पीडितहरु नै जाहेरी दिन नआएको जिकिर गरेका छन । तर पिडित पक्षले प्रहरी चौकीवाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दावी गरेका छन ।

तर, प्रहरी उपरिक्षक प्रकाश मल्लले पनि घटनाको बिषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने वताएका छन ।