वीरगञ्ज,माघ २९ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी भित्र देखिएको व्यक्तिवादी अवसरवादको समूल अन्त्यगर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आइतबार वीरगञ्जमा आयोजना गरेको संगठन सुदृढीकरण कार्यशालालाई सम्बोधन गर्दै गुरुङले पार्टी भित्रदेखिएको व्यक्तिवादी अवसरवादकै कारण गएको निर्वाचनमा एमालेले धेरै ठाउँमा पराजय भोग्नु परेको बताउनुभयो । यसको समीक्षागरेर पार्टीले आन्तरिक जीवनलाई सुदृढ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गुरुङले कम्युनिष्ट पार्टी र त्यसका कार्यकर्ता जनतासँग जोडिनु पर्ने बताउनुभयो । पार्टी भित्रका समस्याको जरोसम्म पहिचान गरेरसमाधानको उपाय खोज्नु पर्ने उहाँको भनाई छ । नेपालको कम्युनिष्ट पार्टीलाई अन्य देशको जस्तो होइन नेपालको जस्तै बनाउनु पर्नेमाउहाँले जोड दिनुभयो । ‘नेपाल कम्युनिष्ट पार्टीलाई नेपालकै कम्युनिष्ट पार्टी बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।
जनताबाट अनुमोदित भएको पार्टीले सरकार चलाउने र कार्यकर्ताबाट अनुमोदित भएको नेताले पार्टीले चलाउने कुरालाई बिर्सन नहुनेउहाँले बताउनुभयो । क्याडर बेस पार्टीको पुरातन वादी सोच र मास बेस पार्टीको दलदलबाट एमाले माथि उठ्नु पर्नेमा उहाँले जोडदिनुभयो । ‘अन्य देशको कम्युनिष्ट पार्टी र नेपालको कम्युनिष्ट पार्टी फरक छ, क्याडर बेस पार्टी बनाएर नेपालको कम्युनिष्ट पार्टीचल्दैन’, उहाँले भन्नुभयो ।
अहिलेको सत्ता समीकरण कांग्रेसकै कारण बनेको पनि गुरुङले प्रष्ट पार्नुभयो । यदि माओवादीलाई पहिला प्रधानमन्त्री दिएको भएपुरानो सत्ता गठबन्धन नभत्किने उहाँले बताउनुभयो । कांग्रेसको अहंकारले पुरानो सत्ता गठबन्धन भत्किएको र नयाँ गठबन्धन बनेकोउहाँको भनाइ छ ।
एमाले र माओवादी बिच प्रधानमन्त्री र सभामुखमा आलोपालोमा सहमति भएको उहाँले बताउनभयो । माओवादीको प्रधानमन्त्री हुँदाएमालेको सभामुख र एमालेको प्रधानमन्त्री हुँदा माअोवादीको सभामुख हुने सहमति भएको उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्रपति एमालेलाई दिने विषयमा दुई दल बिच पहिला नै सहमत भएको उहाँले प्रष्ट पार्नुभयो । अहिले अनावश्यक रूपमा नेपालीकांग्रेसले राष्ट्रिय सहमतिको रटान रटिरहेको उहाँले बताउनुभयो । राष्ट्रपति निर्वाचनमा खेल्न सकिन्छ कि भनेर कांग्रेसले प्रधानमन्त्रीलाईविश्वासको मत दिएको उहाँको भनाइ छ । ‘गठबन्धनको सहमति नै राष्ट्रिय सहमति हो, १ सय ६९ जनाको गठबन्धन आफैमा राष्ट्रियसहमति हो’, उहाँले भन्नुभयो ।
उहाँले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर अहिलेको गठबन्धनलाई कुनै प्रभाव नपर्ने उहाँले बताउनुभयो । अहिले नै प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले यो गठबन्धन तोडेर अर्को गठबन्धन बनाउने चुनौती नमोल्ने उहाँले प्रष्ट पार्नुभयो । अहिलेको गठबन्धनलाईजोगाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि पुनः सरकारमा ल्याइने उहाँले बताउनुभयो ।

सुदूरपश्चिमको सरकार नागरिक उन्मुक्ति पार्टीको माग सम्बोधन गर्न नसकेको कारण ढलेको उहाँले बताउनुभयो । यसमा गठबन्धनभित्रका दल माओवादी र एमालेको कुनै दोष नभएको उहाँले प्रष्ट पार्नुभयो । सो पार्टीको माग सम्बोधन गर्न सकियो भने परिस्थितिअहिलेकै सत्ता गठबन्धनको पक्षमा आउन सक्ने उहाँले बताउनुभयो । सुदूर पश्चिममा फेरी पनि एमाले नेतृत्वमा सरकार बन्न सक्नेउहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्