काठमाडौं, २ फागुन । एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन काडमाडौं मंगलबारबाट सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।
महाअधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्व चयनमा समझदारी कायम गर्न आग्रह गर्नुभएको छ । यसअघि अनेरास्ववियु अध्यक्ष सुनिता बरालले पनि सहमतिमै नेतृत्व चयनको प्रयास गरिने बताउनुभएको थियो ।
मतदानमा जानुपरेमा विद्युतीय मेसिन प्रयोग गरिने उहाँले बताउनुभएको थियो । महाधिवेशनले नेतृत्वसहित १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । आगामी नेतृत्वका लागि आरसी लामिछाने, मोती विश्वकर्मा र समिक बडालले दाबी गरिरहनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्