दोलखा, फागुन ३ । नेकपा एमालेले २ महिने मिसन ग्रासरुट अभियानमा दोलखाका तीन जना केन्द्रीय सदस्यलाई खटाएको छ । एमालेले दोलखाका ९ वटा स्थानीय तहका लागि सोअभियानमा सुवास देवकोटा, देवी ज्ञवाली र खेमप्रसाद लोहनीलाई खटाएको हो ।
एमाले केन्द्रीय कार्यालयले गरेको निर्णयअनुसार दोलखाको गौरीशंकर गाउँपालिका, कालिञ्चोक गाउँँपालिका र बिगुगाउँपालिकामा नेता लोहनीलाई खटाएको छ । यस्तै बैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका र जिरी नगरपालिकामा सुवास देवकोटा तथा भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका र शैलुङ गाउँपालिकामा देवी ज्ञवालीलाई खटाएको हो ।
दोलखामा ९ गाउँपालिका र ७४ वटा वडा रहेका छन । एमालेले खटाएका तीनै जना नेता अवको दुई महिना सोही पालिकामा रहने हुनुभएको हो । एमालेले मिसन ग्रासरुट अभियानमा सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यहरुलाई आफ्नो कार्यक्षेत्र रहेको जिल्लाभन्दा फरक जिल्लामा खटाएको हो । दोलखाका नेताहरु पार्वत गुरुङ, आनन्द पोखरेल, इश्वरी रिजाल, रचना खडका, सरस्वती बस्नेतलाई भने अन्य जिल्लामा खटाइएको छ ।
बागमति प्रदेशमा अभिमुखीकरणका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे, अनुगमनको जिम्मेवारी सचिव गोकर्ण बिष्ट, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङलाई जिम्मेवारी तोकेको छ ।













प्रतिक्रिया दिनुहोस्