जनता टाइम्स

५ फाल्गुन २०७९, शुक्रबार १५:३४

ओली निवास बालकोटमा प्रधानमन्त्री


काठमाडौं, फागुन ५ । प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।

राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा सत्तारुढ दुई दलबीच साझा सहमति जुटाउने एक मात्र एजेण्डा बोकेर प्रधानमन्त्री दाहाल बालकोट जानुभएको हो ।

यसअघि बिहीवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली र प्रधानमन्त्रीबीच बालुवाटारमा भेटबार्ता भएको थियो ।

बार्ता बिनानिश्कर्ष टुंगिनुका साथै एमाले अध्यक्ष ओलीले भारत र कांग्रेसको जालोमा नफस्न प्रधानमन्त्रीलाई सुझाउनु भएको अवस्थामा आज उहाँ बालकोट आउनु भएको हो ।