जनता टाइम्स

५ फाल्गुन २०७९, शुक्रबार १९:०८

एमालेले बिघटन गर्यो तीन जिल्ला कमिटी


जनकपुर, फागुन ५ । नेकपा एमाले महोत्तरी, पर्सा र रौतहट जिल्ला कमिटी विघटन गरेको छ । जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश कमिटीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको छ । पर्सा जिल्ला अध्यक्षसमेत रहनुभएका एमाले नेता जयप्रकाश थारुका अनुसार बैठकले अधिवेशनको बेला बिवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिती विघटन गरिएको हो ।

बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेश प्रदेश ईन्चार्ज रघुबिर महासेठ, सह ईन्चार्ज पुरुषोत्तम पौडेल, नेताहरु सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषिमन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली लगायत सहभागी हुनुहुन्थ्यो ।