काठमाडौं, फागुन ७ । पूर्वराजा ज्ञानेन्द्रसँगको सहकार्यसँगै पार्टीबाट निश्काशनमा पर्ने भएपछि एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गर्नुभएको छ । एमाले प्रदेश १ कमिटीले पार्टीबाट निश्काशनको सिफारिश गरेपछि प्रसाईले एमाले परित्याग गरेको घोषणा गरेका हुन ।
मेडिकल ब्यवसायी प्रसाई सांसद बन्नका लागि नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । सांसदको टिकट नपाएपछि भौतारिदै हिडनुभएका प्रसाईले केही दिनअघि झापामै पूर्वराजा ज्ञानेन्द्रलाई लगेर पार्टीभन्दा बिपरित अभियान थाल्नुभएको थियो ।
प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । केही दिन चुप लागेर एमालेमै रहेको बताइरहनु भएका प्रसाई कार्वाहीमा पर्ने निश्चित भएसँगै परित्यागको घोषणा गर्नुभएको हो ।
एमालेले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट प्रसाई पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबुवा भन्दै आउनु भएको थियो । अहिले प्रसाई पूर्वराजा ज्ञानेन्द्रसँग नजिकिनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्