जनता टाइम्स

८ फाल्गुन २०७९, सोमबार ०१:३४

महाधिवेशन चलिरहँदा खेलकुद महासंघले गुमायो एक हस्ती, मध्यराती दुर्घटनामा गयो ज्यान


बिराटनगर, फागुन ८ । नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको दुर्घटनामा परी ज्यान गएको छ ।

बन्द सत्र स्थगित भएपछि होटल फर्कने क्रममा आइतवार राती १० बजेर ४८ मिनेट जाँदा भएको दुर्घटनामा महासंघका महाधिवेशन प्रतिनिधिको मृत्यू भएको हो ।

घटनाका प्रत्यक्षदर्सी महाधिवेशन प्रतिनिधिसमेत रहेका राजकुमार वलीका अनुसार बिराटनगरको बरगाछीस्थित होटल मनास्लु अगाडि मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँचीका प्रतिनिधि प्रकाश महत रहेका वलीले जानकारी दिनुभयो ।

‘सगैं बसेर महाधिबेशनमा सहभागि भएका कालो लेदरको ज्याकेट लगाएका अर्घाखाचिका प्रकाश महत छुट्टिएको २ मिनेट मै राती १०–४८ बजे बिराटनगर, बरगाछि, होटल मनास्लु अगाडि मोटरसाइकल एक्सिडेन्ट भएर आंखै अगाडि बितेको खबर सार्वजनिक गर्न बिबस छु, प्रिय प्रकाश महतको शव अहिले नोबेल अस्पतालमा राखिएको छ भने नेपाल खेलकुद महासंघका नेताहरु पर्शुराम बस्नेत, रमेश पौडेल, गोकुल बास्कोटा दाइसहितको टोली घटनास्थलमा छांै, मृत आत्माको चीरशान्तिको कामना गर्दछांै,’ वलीले लेख्नुभएको छ ।