काठमाडौं, फागुन ८ । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाउनु भएको छ ।
आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पदाधिकारी बैठक बोलाइएको माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयो । गजुरेलका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन, पार्टीको सांगठानिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
माओवादी केन्द्र आफूले उम्मेदवारी नदिने भएपनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बताउँदै आएको छ । माओवादीको यो अडानले सत्ता गठबनधनमा असन्तुष्टि बढेको छ भने राष्ट्रिय सहमतिको अडानले माओवादी नै सत्ताबाट बाहिरने सम्भावना पनि बढेको छ । पुस १० गते दाहाललाई प्रधानमन्त्री बनाउँदा एमालेबाट राष्ट्रपति बनाउने सहमति भएपनि माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै एमालेलाई बिच्क्याएको छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रपतिका विषयमा छलफल गर्न खोजेपछि आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता बालुवाटर पुगेर सहयोग माग्नुभएको थियो । बर्तमान सत्ता गठबन्धनका निर्माणकर्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति हुने बताउँदै आउनु भएको छ ।
उहाँले माओवादीप्रति शंका–उपशंका गर्नु नपर्ने धारणा राख्दै पूर्वसहमतिअनुसार एमालेले उठाएकै ब्यक्ति राष्ट्रपति हुने बताउनु भएको हो । माओवादी पदाधिकारी बैठकले आफ्नै नेतृत्वको सरकार ढालेर कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै दिने मुर्खता नगर्ने बिश्वासका साथ ओलीले यो भनाई राख्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्