जनता टाइम्स

८ फाल्गुन २०७९, सोमबार ११:५५

सुनचाँदीको मूल्य स्थिर


काठमाडौं, ८ फागुन । नेपाली बजारमा सोमबार सुनचाँदीको कारोबार स्थिर रहेको छ । हिजो सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो । यस्तै, आज चाँदीको पनि स्थिर रहेको छ । आइतबार तोलामा १५ रुपैयाँले बढेको चाँदीको भाउ आजको कारोबार भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ ।