काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रत्यायोजन गरेको छ ।
माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने र अन्तिम निर्णय अध्यक्ष दाहालले लिने गरी अधिकार प्रत्यायोजन गरेको बताउनु भयो ।
‘राष्ट्रपतिको विषयमा अन्तिम निर्णय लिने अधिकार बैठकले अध्यक्ष तथा प्रधानमन्त्रीलार्ई दिएको छ,’ महराले भन्नुभयो । पार्टी उपाध्यक्षसमेत रहनुभएका प्रवक्ता महराले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा भने आफूहरू कायम रहेको बताउनु भयो ।
माओवादीकोया निर्णयले नेपाली कांग्रेसलाई ठूलो झडका लागेको छ । कांग्रेस नेताहरुले आजको बैठकबाटै आफूहरुलाई माओवादीले समर्थन गर्ने निर्णय लिने र सत्ता गठबन्धन भत्किने भन्दै आफू निकट सञ्चार माध्यममाफर्त समाचार सम्प्रशन गराएका थिए । तर माओवादीले आज दिनभर फैलाइएको अफवाह तोडदै अध्यक्ष प्रचण्डलाई निर्णय लिने जिम्मा दिएको हो ।
प्रधानमन्त्री दाहालले नै पुस १० गते राष्ट्रपति एमालेबाट हुने प्रस्ताव सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्ताव गर्नुभएको थियो । माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले बर्तमान सत्ता गठबन्धन कायम राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णयसमेत गरेको अर्का नेताले बताए ।













प्रतिक्रिया दिनुहोस्