काठमाडौं, ९ फागुन । एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी तथा संचालकमा दिनेश भारी नियुक्त हुनुभएको छ । लघुवित्तको फागुन ८ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा सन्तोष कुमार राठीलाई चयन गरेको हो ।
एनआईसी एशिया लघुवित्तको संस्थापक एनआईसी एशिया बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ५ गतेबाटै लागु हुने गरी सन्तोष कुमार राठी र दिनेश भारीलाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाएको थियो ।
उक्त पदमा यसअघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्