जनता टाइम्स

९ फाल्गुन २०७९, मंगलवार १७:२४

खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत


बिराटनगर, फागुन ९ । नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । बिराटनगरमा आज सम्पन्न दोस्रो महाधिवेशनबाट बस्नेत सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

बस्नेतबिरुद्ध कसैले उम्मेदवारी नदिए पछि सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । बस्नेत यसअघि महासंघको संयोजक हुनुहुन्थ्यो ।महाधिवेशनले सवै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने म्याण्डेटसहित अन्य पदमा केही समयभित्रै चयन गर्ने निणृय लिएको छ ।

बन्दशत्र शुरु भएक दिन अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि प्रकाश महतको दुर्घटनामा ज्यान गएको कारण उहाँको पार्थिव शरिरलाई नवलपरासी पठाएर अन्तिम संस्कार गरेपछि अन्य पदको टुंगो लाग्ने अध्यक्ष मण्डलकी सदस्य एमाले केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक रचना खडकाले जानकारी दिनुभयो ।

महाधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । तीनदिनसम्म चलेको महाधिवेशनले बस्नेतलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।

बस्नेत नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य समेतको जिम्मेवारिमा हुनुहन्छ । बन्द सत्रको दौरानमा अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको दुर्घटनामा परि निधन भएपछि बन्दसत्रको हलले सर्वसम्मत नेतृत्व चयन गर्न म्याण्डेड दिएको थियो ।

आज अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रिय कमिटी घोषणा भएको छ । टुङ्गिन बाँकी रहेका पदहरु फागुन अन्तिम साता बस्ने केन्द्रिय कमिटीको बैठकबाट टुङ्गो लाग्ने बताइएको छ ।

फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको महाधिवेशनबाट निवर्तमान संयोजक बस्नेत निर्वाचित हुँदा पदाधिकारि र आयोगका पदाधिकारि भने केहिदिन पछि मात्रै टुङ्गो लगाइने भएको छ ।