काठमाडौं, फागुन १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ। कोटेश्वरस्थित नेपालको निजी निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।
अध्यक्ष नेपालले आफूहरूबीच शिष्टाचार भेटवार्ता भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल र चीनबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको जानकारी दिनुभयो । भेटका क्रममा अध्यक्ष नेपालले राजदूत सोङलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
राजदूत सोङले अध्यक्ष नेपालसँग राष्ट्रपतिको निर्वाचनबारे चासो देखाउनु भएको थियो । नेकपा एमालेले माधव कुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चाबीच राजदूत सोङ भेटवार्ताका लागि कोटेश्वर पुग्नुभएको हो ।
आज बिहानमात्रै राजदूत सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । बालुवाटारमा भएको भेटवार्तामा उहाँले राष्ट्रपतिको विषयमा चासो राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्