काठमाडौं, फागुन १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले पुरानो पाँच दलीय गठबन्धन ब्यूँताएर कम्पर्टेवल (भारतको चाहनाअनुसारको) राष्ट्रपति र उपराष्ट्रपति छान्न प्रस्ताव गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको बालुवाटारमा आज भएको बैठकमा कांग्रेस नेताहरुले पुरानै गठबन्धनलाई व्युँताउने प्रस्ताव गरेका हुन ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको निर्णायक वार्तामा पुरानै गठबन्धन व्युँताएर नयाँ रणनीतिका साथ अगाडि बढ्ने प्रस्ताव आएको बालुवाटार स्रोतले जनताटाइम्स डटकमलाई बतायो ।
स्रोतका अनुसार बैठकमा कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिएर पुरानै गठबन्धन आवश्यक रहेको प्रसताव गरेका हुन । कांग्रेस नेताहरुले एमालेको पहलमा बनेको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई कायमै राखेर निर्वाचनअघि (मंसिर ४)को पुरानो गठबन्धन व्युँताउनु पर्ने बताएका थिए । कांग्रेस नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याउने गरी अघि बढन पनि सुझाएका छन ।
’पुरानो गठबन्धनलाई व्युँताएर नयाँ रणनीतिका साथ राष्ट्रपतिको निर्वाचनमा जाऔं, कांग्रेसको राष्ट्रपति हुँदा छिमेकीलाई पनि सँगै अगाडि लैजान सकिन्छ भन्ने कांग्रेसको प्रस्ताव आएको छ, स्रोतले भन्यो ।
बैठकमा कांग्रेस सभापति देउवाले राष्ट्रपतिमा एकीकृत समाजवादी र जनता समाजवादीको समेत समर्थन रहने जिकिर गर्नुभएको थियो ।
’ठूलो दलको हैसियतले राष्ट्रपति कांग्रेसकै हुनपर्छ, अरुलाई मान्न सकिन्न, देउवाको भनाई उधृत गर्दै स्रोतले भन्यो ।
यस्तै देउवाले पुरानो गठबन्धन व्युँताउनका लागि सरकार बाहिर रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पनि सकारात्मक रहेको दावी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले भने सवैको सहमति कायम गरेर अघि बढने आफ्नो चाहना रहेकोले सत्ता गठबन्धन भत्काएर जाने बिषयमा सोच्न नसकिने जवाफ दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्