जनता टाइम्स

११ फाल्गुन २०७९, बिहीबार १९:०२

केपी ओलीको जन्मोत्सवमा जे देखियो (फोटो फिचर)


काठमाडौं, फागुन ११ । आज नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । बिसं २००८ साल फागुन ११ गते दिउँसो २ बजे तेह्रथुम जिल्लाको आठराईमा ओलीको जन्म भएको थियो । उहाँ आज  ७१ बर्ष पूरा गरी ७२ बर्षमा प्रवेश गर्नुभएको छ ।

ओलीको जन्मदिनमा आज बिहानैदेखि उहाँको निवास बालकोटदेखि नेकपा एमालेको केन्द्रीय कार्यालयसम्म शुभकामनासहित लामो आयुको कामना गर्दै समर्थक र पार्टीका नेता कार्यकर्ताहरु पुगे ।

निवासमा शुभकामना दिन आएकाहरुलाई अध्यक्ष ओलीले खना खुवाएर बिदा गर्नुभयो भने पार्टी कार्यालयमा उपस्थित नेता कार्यकर्तालाई आफैले लड्डु खुवाएर सप्राइज दिनुभयो ।